Logo

सलाहको ह्याट्रिकमा लिभरपुलको जित

न्युजडेस्क
२०७७ भदौ २८ , आईतबार १०:०९ मा प्रकाशित

एजेन्सी । डिफेण्डिङ च्याम्पियन लिभरपुलले प्रिमियर लिग फुटबल अन्तर्गत सिजनको पहिलो खेलमा संर्घणपुर्ण जित निकालेको छ । लिभरपुलले गएराती नबप्रबेशी लिड्सबिरुद्ध ४–३ को जित निकालेको हो । घरेलु मैदानमा लिभरपुललाई जिताउन महम्मद सलाहले ह्याट्रिक गरे । अर्को गोल भर्जिल भान डाईजको नाममा रह्यो । चौथो मिनेटमा सलाहले पेनाल्टिमार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । १२ औ मिनेटमा लिड्सले खेल बराबरीमा ल्याएको थियो । २० औ मिनेटमा भान डाईजले गोल गर्दै लिभरपुललाई दोस्रो पटक अग्रता दिलाए । ३० औ मिनेटमा लिड्सले खेल २–२ को बराबरीमा ल्याएको थियो । त्यसको ३ मिनेटपछि सलाहले गोल गरेपछि पहिलो हाफमा लिभरपुल ३–२ को अवस्थामा पुग्यो । रोमाञ्चक बनेको दोस्रो हाफको सुरुवातमै लिड्सले गोल गर्दै खेल बराबरीमा ल्याएको थियो । तर ८८ औ मिनेटमा पाएको पेनाल्टिको अवसरलाई सलाहले जाली चुमाउदै व्यक्तिगत ह्याट्रिकसंगै टोलीको जित निश्चित पारे ।
गएराती नै आर्सनलले फुल्ह्यामलाई ३–० ले, क्रिष्टल प्यालेसले साउथहेम्पटनलाई १–० ले तथा न्यु क्यासल युनाईटेडले वेष्टह्यामलाई २–० ले पराजित गरे । प्रिमियर लिग फुटबलमा आज २ खेल हुदैछन् । आज लेष्टर सिटि र वेष्टब्राम तथा टटनह्याम र एभर्टन आमने सामने हुनेछन् ।

तपाइको प्रतिक्रिया दिनुहोस ।
लिभरपुल
लोकप्रिय छुटाउनुभयो कि ?