Logo

ला–लिगामा ग्रानाडा र ओसासुनाको विजयी सुरुवात

न्युजडेस्क
२०७७ भदौ २८ , आईतबार ०९:०९ मा प्रकाशित

एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा ग्रानाडा र ओसासुनाले विजयी सुरुवात गरेका छन् । नवप्रबेशी काडिजलाई २–० ले हराउदै ओसासुनाले सिजनको सुखद सुरुवात गरेको हो । एड्रियन लोपेज र रुबेन गार्सीयाले गोल गर्दै टोलीलाई सहज जित दिलाए । ग्रनाडाले एथ्लेटिको बिल्वाओबिरुद्ध २–० कै जित निकाल्यो । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा ग्रानाडाले दुबै गोल खेलको दोस्रो हाफमा गरेको थियो । ४९ औ मिनेटमा याङगेल हेरेराको गोलमा अग्रता बनाएको ग्रानाडाका लागि ५३ औ मिनेटमा लुईस मिल्लाले अर्को गोल गरेका थिए । सिजनको उद्घाटन खेलमा सेल्टा डि भिगो र आईबरले गोलरहित बराबरी खेलेका छन् ।
ला लिगामा आज ४ खेल हुदैछन् । आज डिर्पोटिभो अलाभेष र रियल बेटिस,रियल भल्लाडोलिड र रियल सोसिडाड,भियारियाल र हुएस्का तथा भ्यालेन्सीया र लेभान्ते प्रतिस्पर्धा गर्नेछन् । आजका लागि तय भएको बार्सिलोना र ईल्चे तथा रियल मड्रिड र गेटाफेबिचको खेल स्थगीत भएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस ।
ला–लिगा
लोकप्रिय छुटाउनुभयो कि ?