Logo

मेस्सी बार्सिलोनाको टिमबाट मैत्रीपूर्ण खेलमा सहभागी

न्युजडेस्क
२०७७ भदौ २८ , आईतबार ०७:०९ मा प्रकाशित

एजेन्सी । बार्सिलोनाका कप्तान लियोनल मेस्सी प्रि सिजनको मैत्रीपुर्ण खेलमा मैदान उत्रिएका छन् । क्लब छाड्ने योजनामा रहेका मेस्सीले आफ्नो निर्णयमा पुर्नविचार गरेसंगै टोलीमा आफ्नो जिम्मेबारीमा फर्किएका हुन् । बार्साले प्रि सिजनअघि जिम्नाष्टिक डि टारागोनासंग मैत्रीपुर्ण खेल खेलेको थियो । स्पेनको पुरानो क्लबबिरुद्ध बार्साले ३–१ को जित निकालेको छ । बार्साको जितमा ओस्माने डेम्बेले, एन्टिनियो ग्रीजमन र फिलिप्पे काउटिन्होले गोल गरे ।
३३ बर्षिय अर्जेन्टिनी स्टार मेस्सीले क्लबसंग बिना सर्त ट्रान्सफरको आग्रह गर्दै क्लब छाड्ने निर्णय गरेका थिए । क्लबले ७ सय मिलियन युरोको सर्त राखेपछि उनी निर्णयमा पुर्नबिचार गर्दै टोलीको प्रशिक्षणमा फर्किएका हुन । ला लिगामा बार्साले २७ सेप्टेम्बरमा भियारियलसंग खेल्दै सिजनको सुरुवात गर्नेछ ।

तपाइको प्रतिक्रिया दिनुहोस ।
मेस्सी
लोकप्रिय छुटाउनुभयो कि ?