Logo

हालसम्म विश्वभर कतिले जिते कोरोना ? यस्तो छ पछिल्लो तथ्याङ्क

न्युजडेस्क
२०७७ भदौ २५ , बिहीबार १०:०९ मा प्रकाशित

विश्वभर जसरी कोरोना संक्रमण बढ्दै छ त्यसैगरी
निको हुनेको संख्या पनि बढ्दै छ । आज बिहानसम्म २ करोड लाख ९१ हजारभन्दा धेरै मानिस कोरोना निको भएर घर फर्केका छन् ।

वर्ल्डोमिटर्सको पछिल्लो विवरण अनुसार विश्वभर २ करोड ९१ हजार ११७ जना कोरोनाबाट निको भएका हुन् । उसकाअनुसार कोरोना भाइरस संक्रमणबाट विश्वभर ९ लाख ७ हजार ३०४ जनाले ज्यान गुमाएका छन् । संक्रमितको संख्या २ करोड ८० लाख १४ हजार ८२४ छ ।

सबैभन्दा बढी प्रभावित अमेरिकामा बिहानसम्म १ लाख ९५ हजार २३९ जनाको कोरोना संक्रमणबाट ज्यान गएको छ । अहिलेसम्म संक्रमितको संख्या ६५ लाख ४९ हजार ४७३ पुगेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ ३५ हजार २४२ भन्दा धेरैमा संक्रमण पुष्टि भएको छ भने १ हजार २०९ जनाले ज्यान गुमाएका छन् ।

अमेरिकापछि सबैभन्दा बढी संक्रमण देखिएको छिमेकी मुलुक भारतमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ७५ हजार ९१ पुगेको छ । भारतमा पछिल्लो २४ घण्टामा ९५ हजार ५२९ जना नयाँ संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या ४४ लाख ६२ हजार ९६५ पुगेको हो ।

प्रभावित देशको सूचीमा तेस्रो स्थानमा रहेको ब्राजिलमा संक्रमितको संख्या ४१ लाख ९९ हजार ३३२ पुगेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ १ हजार १३६ जनाको मृत्यु भएसँगै मृत्यु हुनेको संख्या १ लाख २८ हजार ६५३ गेको छ ।

नेपालमा बुधबार देशभर गरी १ हजार ८१ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमित संख्या ४९ हजार २१९ पुगेको छ । अहिले नेपालमा १५ हजार २५ जना सक्रिय सङ्क्रमित छन् । सङ्क्रमितमध्ये हालसम्म ३१२ जनाको मृत्यु भएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस ।
कोरोना
लोकप्रिय छुटाउनुभयो कि ?