Logo

स्वारेज बार्साको प्रशिक्षणमा, युभेन्टस जाने चर्चा निराधार

न्युजडेस्क
२०७७ भदौ २५ , बिहीबार १०:०९ मा प्रकाशित

एजेन्सी । ईटालियन क्लब युभेन्टस जाने चर्चाका बिच बार्सिलोनाका फरवार्ड लुइस स्वारेज क्लबको प्रशिक्षणमा फर्किएका छन् । टोलीका खेलाडीले सामुहिक अभ्यास थालेको झण्डै १ सातापछि उनी हिजोबाट प्रशिक्षणमा सहभागी भएका हुन् । उनले आफुले प्रशिक्षण गरिरहका केहि तस्बिर सामाजिक सञ्जालमा राख्दै आफुबारे फैलिएका समाचार झुटो भएको दाबी गरेका छन् ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले ३३ वर्षीय स्वारेज युभेन्टस जाने प्रक्रिया अन्तिम चरणमा पुगेको जनाएका थिए । ईष्टाग्राममा स्वारेजले लेखेका छन्,–‘यो बिचमा केहि गलत समाचारहरु पनि बाहिरिए त्यसमा पनि ठिक छ भन्दै हास्नुको विकल्प मसंग थिएन् ।
स्वारेज र बार्सिलोनाबीचको आगामी सिजन मात्र सकिनेछ । उनको सम्झौता ३० जुन २०२१ सम्म रहेको छ । सन् २०१४ मा लिभरपुलबाट बार्सिलोना आएयता उनले २८३ खेल खेल्दै १९८ गोल गरेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस ।
स्वारेज
लोकप्रिय छुटाउनुभयो कि ?