Logo

लियोनका कप्तान डिपे बार्सिलोना आउदै

न्युजडेस्क
२०७७ भदौ २५ , बिहीबार ०७:०९ मा प्रकाशित

एजेन्सी । आसन्न सिजनका लागि टोलीमा केहि परिवर्तन गर्ने योजना बनाएको स्पेनिस क्लब बार्सिलोनाले लियोनका कप्तान मेम्फिस डिपेलाई भित्र्याउने भएको छ । फ्रेन्च टोलीबाट खेलिरहेका डिपेसंग ३ बर्षको सम्झौताको तयारी भएको स्पेनी मिडियाले उल्लेख गरेका छन् ।
डच टोलीका खेलाडी रहेका डिपे आफ्नै मुलुकका प्रशिक्षक रोनाल्ड कोम्यानसंगै रहने मनसायका साथ सम्झौता हुन लागेको स्काई ईटालियाले उल्लेख गरेको छ । लियोनका विंगर डिपे व्यक्तिगत रूपमा बार्सिलोना आउन सहमत भएको र अब दुई क्लबको अनुमति बाँकी रहेको बताईएको छ । त्यसको सम्पुर्ण प्रक्रिया अघि बढिसकेको जनाउदै केहि दिनमै औपचारिक सम्झौता हुने ईटालियाले दाबी गरेको छ ।
डिपे र लियोनबीचको सम्झौता २०२१ सम्म रहेको छ । फ्रेन्च क्लब लियोनले पनि उनको मूल्य ५५ मिलियन युरो तोकिसकेको छ । यता, बार्सिलोनाका नवनियुक्त प्रशिक्षक कोइम्यानले पनि डिपे अनुबन्ध गर्न चाहेको बताउदै आएका छन् । कोइम्यानले लिभरपुलका जर्जिनियो विज्नाल्डमलाई पनि टोलीमा ल्याउने प्रया थालेका छन् । उनले पनि कोम्यानसंग काम गरिसकेका हुन् ।

तपाइको प्रतिक्रिया दिनुहोस ।
बार्सिलोना
लोकप्रिय छुटाउनुभयो कि ?