Logo

एम्बाप्पेलाई कोरोना सक्रमण

न्युजडेस्क
२०७७ भदौ २३ , मंगलबार ०१:०९ मा प्रकाशित

एजेन्सी । पेरिस सेन्ट जर्मेन पिएसजीका फ्रान्सेली स्टार केलियन एम्बाप्पेलाई कोरोना सक्रमण पुष्टि भएको छ । नेसन्स लिगका लागि राष्ट्रिय टोलीमा रहेका एम्बाप्पेलाई सक्रमण पुष्टि भएको हो । उनी सक्रमित भएसंगै क्रोएसियासंग आज हुने खेल गुमाउने भएका छन् । स्वीडेनबिरुद्ध शनिबार भएको खेलमा निर्णायक गोल गरेका २१ बर्षिय एम्बाप्पे होम आईसोलेशनमा बसेका छन् । सोमबार बिहान रिर्पोट पोजेटिभ आएलगत्तै उनी होम आईसोलेशनमा गएका हुन् । पछिल्लो समय उनी आबद्ध पिएसजीका खेलाडीमा कोरोना सक्रमण देखिएको थियो । त्यतिबेला भने उनको परिक्षण रिर्पोट नेगेटिभ आएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस ।
कोरोना
लोकप्रिय छुटाउनुभयो कि ?