Logo

स्काइनेट ईन्स्टिच्युटले स्कलरसीपमा ११ कक्षाको भर्ना लिने

न्युजडेस्क
२०७७ भदौ २० , शनिबार ०७:०९ मा प्रकाशित

इटहरीमा रहेको स्काइनेट ईन्स्टिच्युटले कक्षा ११ का विद्यार्थीहरुलाई स्कलरसीपमा अध्यापन गराउने भएको छ ।अहिले कोरोना भाइरसको संक्रमणले समस्या रहेकाले स्कलरसीपमा विद्यार्थी भर्ना गर्न लागेको स्काइनेट ईन्स्टिच्युटका प्रबन्ध निर्देशक दीपक पोखरेलले बताए ।कक्षा ११ का विद्यार्थीलाई ग्राह्यता दिईएको उनको भनाइ थियो ।साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट, कानुन, शिक्षा र आर्ट्स बिषयका विद्यार्थीलाई स्कलरसीपमा अध्यापन गराइने उनले बताए ।बिशेषगरी निम्न आय भएका गरीब, विपन्न र टपर विद्यार्थीका लागि उक्त स्कलरसीप सन्चालन गरिएको पोखरेलले बताए ।करीब दस बर्ष अगाडि इटहरीमा स्थापना भएको स्काइनेटले शिक्षासँगै सम्बन्धित काम गर्दै आएको छ ।एसईई दिएर पास भएका विद्यार्थी भएकाहरुलाई नि:शुल्क फर्म पनि खुलिसकेको पोखरेलले बताए ।

https://l.facebook.com/l.php?u=https%3A%2F%2Fforms.gle%2FRuUjcLxUrQUkRKT36%3Ffbclid%3DIwAR0FdOFhwexGuiRae1O0zpLkUoA1BidGM28GnvvwMXSs-FmgC3vZd6YDscw&h=AT0k9CB9ePV80I2ndc4Cv_s6xLGJJugo93czmb6rM8cMROeWOLmaDueKxBeQiQsdTpiS89ZhVSK-9rdEvn525fhD3ZlmR6vkUV_xADH4GsbincG079n6i8BBH9f3A-55gApXfzdPiQ

तपाइको प्रतिक्रिया दिनुहोस ।
लोकप्रिय छुटाउनुभयो कि ?