Logo

दुर्गा प्रसाद कडरियाको शब्द ,प्रविन बेडवालको स्वरमा “मुटु भित्रै राख्छु तिमीलाई” आउदै

न्युजडेस्क
२०७७ भदौ १८ , बिहीबार ०५:०९ मा प्रकाशित

भर्खरै मात्रै सकिएको चर्चित गायन रियालिटी सो नेपाल आइडल ३ को फस्ट रनरअप बन्न सफल गायक प्रविन बेडवालको नयाँ गीत छिटै सार्वजनिक हुने भएको छ । प्रविन बेडवालको स्वर रहेको गीत ‘मुटु भित्रै राख्छु तिमी लाइ‘मा दुर्गा प्रसाद कडरियाको शब्द र रमेश कडरियाको संगीत रहेको गीतलाइ कैलाश रेग्मीले यस म्युजिक भिडियोको सम्पूर्ण जिम्मा लिएका थिए भने संगीत संयोजन उदयराज पौडेलले गरेका छन।भिडियोका निर्माता तथा गीतकार दुर्गा प्रसाद कडरिया आफै रहेका छन । यस भिडियोलाई निर्देशन भने रिकेश बज्राचार्यले गरेका छन। कलाकारहरुमा नवराज सिंह खड्का र प्रतिशा रिजालले मुख्य भूमिकामा खेलेका छन ।

तपाइको प्रतिक्रिया दिनुहोस ।
लोकप्रिय छुटाउनुभयो कि ?