Logo

इटहरी ८ का युवाहरुले फुड बैंक पछि गरे अर्को उदारणीय काम

न्युजडेस्क
२०७७ भदौ १७ , बुधबार ०९:०९ मा प्रकाशित

इटहरी ८ मा युवाहरुले दैनिक जीविकोपार्जनमा समस्या भएका स्थानीयलाई खाद्यान्न वितरण गर्न थालेका छन ।‘फुड बैँक’ मार्फत् स्थानीयहरुलाई खाद्यान्न वितरण गर्न थलिएको यसका योजनाकार सुवास दाहालले जानकारी दिए ।इटहरी ८ का युवा समूहले गत भदै १४ गतेबाट सुरु गरेको खाद्यान्न वितरण कार्यक्रमले निरन्तरता पाएको हो । युवा समूहले इटहरी ८ भित्र रहेका गरिव, विपन्न र समस्यामा परेका समूदायलाई खाद्यान्न वितरण गरेको हुन् ।’हुनेले दिएर जाउँ, नहुनेले लिएर जाउँ’ भन्ने अभियानका साथ सुरु गरिएको उक्त कार्यक्रम प्रभावकारी बन्दै गएको प्रदिप सिंहले बताए ।

साथै इटहरी ८ कै युवा समुहले फुड बैंक पछि लगतै कोरोना भाइरसका कारण समस्या रहेको भन्दै इटहरी ८ को शिव मन्दिर देखि संगम टोल सम्म सेनिटाइज गरेका थिए ।इटहरी ८ का युवाहरु कृष्ण खड्का ,विकल्प देवकोटा ,डेबिल देवकोटा ,बिशाल पुरी ,रिसु कर्ण ,प्रदिप सिंह ,समिर कार्की लगायतको टोलीले सेनिटाइज तथा फुड बैंक संचालन गरेका छन भने सेनिटाइज गर्ने मुख्य ३ जनामा सरोज ठाकुर, सागर पौडेल र डेबिल देवकोटा रहेका थिए त्यसै गरि अभियान्ताहरुले सेनिटाइजको कामलाइ थप निरन्तरता दिने जानकारी दिए ।

फुड बैंकका एक योजनाकार अनि सेनिटाइजका मुख्य योजनाकार सुवास दाहालले अर्को कार्यक्रम कोरोना संक्रमितलाइ लक्षित गरिरे बताएका छन । यस कामलाइ सहयोग गरि दिने सहयोगी हातहरुमा सुमन खड्का ,सन्दिप बास्तोला ,सन्दिप खड्का ,नगेशजंग खत्री रहेको समिर कार्कीले बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस ।
लोकप्रिय छुटाउनुभयो कि ?