Logo

इटहरीमा अहिलेसम्मकै सबैभन्दा धेरै संक्रमित थपिए, आजै ५८ जनामा कोरोना संक्रमण पुष्टि

न्युजडेस्क
२०७७ भदौ १७ , बुधबार १२:०९ मा प्रकाशित

इटहरी उपमहानगरपालिकामा अहिलेसम्मकै सबैभन्दा धेरै कोरोना संक्रमित थपिएका छन् ।आज एकैदिन इटहरी उपमहानगरपालिकामा ५८ जनामा कोरोना भाइरस संक्रमण भएको इटहरी अस्पतालका इमर्जेन्सी शाखाका इन्चार्ज रामकुमार धमलाले पुष्टि गरे ।‘हामीलाई पनि भर्खरै ५८ जनाको रिपोर्ट पोजेटिभ भनेर जानकारी आयो,’ उनले भने, ‘वडागत विवरणको रिपोर्ट स्वास्थ्य शाखाले रुजु गर्दैछ ।’उनका अनुसार कुन वडामा कति संक्रमित थपिए भन्नेबारेमा केही बेरमा विज्ञप्ती सार्वजनिक गरिनेछ ।

तपाइको प्रतिक्रिया दिनुहोस ।
लोकप्रिय छुटाउनुभयो कि ?