Logo

इटहरी ८ मा प्रदिप सिंहले गरे फूड बैङ्क स्थापना

न्युजडेस्क
२०७७ भदौ १४ , आईतबार ०९:०८ मा प्रकाशित

इटहरी । इटहरीका युवाहरुले फूड बैङ्क स्थापना गरेका छन । अति विपन्न परिवारहरु कोरोना भाईसरको कारण समस्यामा पर्दै गएको भन्दै फूड बैङ्क स्थापना गरेको युवा अभियान्ताहरुले बताएका छन ।इटहरी ८ का युवाहरुले भने विपन्न परिवारहरुको लागि फूड बैङ्क स्थापना गरेको बताएका छन ।

अभियानता प्रदिप सिंह लगाएत समिर कार्की ,सुभास दाहाल ,चन्दन सोनार लगायतले बताए । हुनेले दिएर जाऔ नहुनेले लिएर जाऔ अभियान चलाएको बताए । अभियानको सुरु दिनमा नै १०३ परिवारले खाद्यन्न लिएर गएको सिंहले बताए। यो अभियानलाई निरन्तरता दिदै जाने युवाहरुले बताएका छन साथै ५०० परिवार लाइ सहयोग गर्ने सिंहले सोच खबर लाइ जानकारी दिए । समिर कार्कीले आफ्नु ठाउँमा देखिएका समस्यालाइ समाधान गर्न यो काम सुरु गरेको बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस ।
लोकप्रिय छुटाउनुभयो कि ?