Logo

ब्राजिलियन पुर्व फुटबलर रोनाल्डिन्हो जेलमुक्त

कैलाश
२०७७ भदौ ९ , मंगलबार ०९:०८ मा प्रकाशित

एजेन्सी । जाली पासपोर्टको आरोपमा पाराग्वेको जेलमा रहेका ब्राजिलियन पुर्ब फुटबर रोनाल्डिन्हो जेलमुक्त भएका छन् । ५ महिनाको जेल सजायपछि अदालतको फैसला अनुसार उनलाई जेलमुक्त गरिएको हो ।
पाराग्वेको अदालतले सो प्रक्ररणमा पक्राउ परि सजाय भोगीरहेका रोनाल्डिन्हो र उनका दाजु रोबर्टो डे एसिस मोरेरालाई पनि जेलमुक्त गर्ने आदेश दिएको हो ।
१ महिना पुर्ण रुपमा जेलजीवन बिताएका उनले त्यसपछिको ४ महिना भने होटलमा प्रहरीको निगरानीमा बिताएका थिए । अदालतको आदेशसंगै ४० वर्षीय रोनाल्डिन्होलाई आफ्नो मुलुक वा अयन्त्र जाने बाटो खुलेको छ । तर उनले आफ्नो यात्रा विवरण भने प्रहरीलाई जानकारी गराउनुपर्नेछ ।

तपाइको प्रतिक्रिया दिनुहोस ।
रोनाल्डिन्हो
लोकप्रिय छुटाउनुभयो कि ?