Logo

उकुस मुकुस-कविता

न्युजडेस्क
२०७७ भदौ ७ , आईतबार ०९:०८ मा प्रकाशित

हेमसागर सुमेरु/जब सकिन्छ  प्रश्न गर्ने ठाउंहरु
जब मौन हुन्छ उत्तर दिने ओठहरु
जब सोजिन्छ्न आफ्नै प्रश्न आफै तिर
जब सक्दैन आफ्नै प्रश्नको उत्तर दिन
आफ्नै मन पनि
ठिक त्यो बेला लाग्दो र छ
उकुस मुकुस!

यसरी मौन बसेको पनि धेरै भयो
यसरी प्रश्न गर्नै मन लाग्न छोडेको पनि धेरै भयो
तिमिले निश्तेज आफ्ना कदम चालेको देखेर
तिम्रा प्रयासमा मेरो प्रतिबिम्ब नभेटेपछी
तिम्रै डम्फु बजाएर तिमिलाई मस्त देखेपछी
तिमिलाई दुखेसो राख्न बेकार लागे पछि
बरु आ मरोस!
भन्दै मैले प्रश्न गर्न छोडे
तिमिले त कहिले पो उत्तर दिएका हौ र?
आजकाल त निषेधाज्ञाहरु रमाईला लाग्छ्न
आजकाल लाग्छ कहिले नसकियोस लकडाउन
बस! तिम्रा फरमान हरु चुपचाप पालना गरौ
तर हो किन  यहि बेला हुन्छ?
उकुस मुकुस!

म मौन त अवश्य छु
मलाई प्रश्न गर्न मन लाग्दैन
तर म भित्रको `म ´जो यो बेला
निकै गुम्सिएको छ
निस्सासिएको छ
यो बौलायो भने?
यसले धर्यता भुल्यो भने?
यहिलेको शान्तिले रुप बदल्न सक्छ
फरमान उर्दिहरु जारी गर्ने तिम्रो हैसियत सक्किन सक्छ
आफू सक्किनु अघि बिन्ती छ,
तिमिले यो काम चाहिँ सकाउनु
तिम्रै शुभचिन्तक भएर भन्दैछु
म त तिमी सक्किन अघि बस यति चहान्छु
कि ! तिमिलाई सक्काउने यो चिज सक्कियोस
`निहत्था जनमन हरुका´
उकुस मुकुस !!!!

तपाइको प्रतिक्रिया दिनुहोस ।
लोकप्रिय छुटाउनुभयो कि ?