Logo

राष्ट्रिय सम्मानका साथ राष्ट्रकवि घिमिरेको अन्त्येष्टि भोलि हुने

न्युजडेस्क
२०७७ भदौ २ , मंगलबार ०८:०८ मा प्रकाशित

एक सय एक वर्षको उमेरमा मंगलबार साँझ राजधानिको लैनचौरस्थित आफ्नै निवासमा निधन भएका राष्ट्रकवि माधवप्रसाद घिमिरेको बुधबारमात्र अन्त्येष्टि हुने भएको हो।नेपाली सेनाको सलामीसहित उनको बुधबार अन्तिम संस्कार हुने भएको हो।मंगलबार साँझ ५ बजेर ५५ मिनेटमा लैनचौरस्थित निवासमै निधन भएका घिमिरेको परिवारले मंगलबार नै उनको अन्तिम संस्कार गर्ने बताए पनि  प्रधानमन्त्री कार्यालयले बुधबारमात्र अन्तिम श्रद्धाञ्जलि गर्न आग्रह गरेको थियो।  उनको राष्ट्रिय सम्मानका साथ बुधबार अन्त्येष्टि हुने भएको हो।निधनपछि मंगलबार साँझ उनको निवासमा उनलाई श्रद्धाञ्जलि दिन परिवारजन र शुभेच्छुकहरुको भिड लागेको छ।

तपाइको प्रतिक्रिया दिनुहोस ।
लोकप्रिय छुटाउनुभयो कि ?