Logo

बार्सिलोना र बार्यन म्युनिख क्वार्टरफाईनलमा

कैलाश
२०७७ साउन २५ , आईतबार ०८:०८ मा प्रकाशित

एजेन्सी । बार्सिलोना र बार्यन म्युनिख च्याम्पियन्स लिग फुटबलको क्वार्टरफाईनलमा प्रबेश गरेका छन् । प्रिक्वार्टरफाईनलको दोस्रो लेगमा नापोलीलाई ३–१ ले हराउदै बार्साले समग्रमा ४–२ को नतिजासंगै अन्तिम आठको यात्रा तय गरेको हो । घरेलु मैदानमा बार्सालाई सहज जित दिलाउन क्लेमेन्ट लेग्लेट, लियोनल मेसी र लुईस स्वरेजले गोल गरे । खेलको १० औ मिनेटमा लेग्लेटको गोलमा अग्रता बनाएको बार्साका लागि २३ औ मिनेटमा मेसीले अर्को गोल थपेका थिए । पहिलो हाफको ईन्ज्युरी समयमा पाएको पेनाल्टिको अवसरलाई स्वरेजले गोल गर्दै टोलीलाई ३–० को अवस्थामा पुर्याए । लगत्तै नापोलीले पनि पेनाल्टिको अवसर पाएको थियो । जसलाई लोरेन्जो ईन्साईनले गोलमा परिणत गर्दै टोलीलाई ३–१ को अवस्थामा पुर्याए । रोमाञ्चक बनेको दोस्रो हाफमा दुबै टोलीले थप गोल गर्न नसक्दा सोहि नतिजा निर्णायक बन्यो । नापोलीको घरेलु मैदानमा भएको पहिलो लेग एक एकको बराबरीमा सकिएको थियो ।
बार्सिलोनाले सन् २००६–०७ को सिजनयता च्याम्पियन्स लिगको क्वार्टरफाईनलमा लगातार स्थान बनाउदै आएको छ ।
गएरातीनै चेल्सीबिरुद्ध फराकिलो जित निकाल्दै बार्यन म्युनिखले पनि क्वार्टरफाईनलमा स्थान सुरक्ष्ँित गरेको छ । घरेलु मैदानमा चेल्सीलाई ४–१ ले हराउदै बार्यनले समग्र ७–१ को नतिजासंगै अघिल्लो चरणमा प्रबेश गरेको हो । बार्यनलाई सहज जित दिलाउन रोबर्ट लेवान्डोस्कीले २ तथा ईभान पेरिसिक र कोरिन्टीन टोलिसोले एक एक गोल गरे । चेल्सीका टामि अब्राहमले एक गोल फर्काए । यसअघि स्टाम्प फोर्डब्रिजमा भएको खेलमा बार्यनले ३–० को सहज जित हात पारेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस ।
बार्सिलोना
लोकप्रिय छुटाउनुभयो कि ?