Logo

लियोन र म्यान सिटि च्याम्पियन्स लिगको क्वार्टरफाईनलमा

न्युजडेस्क
२०७७ साउन २४ , शनिबार ०७:०८ मा प्रकाशित

एजेन्सी । लियोन र म्यानचेष्टर सिटि च्याम्पियन्स लिग फुटबलको क्वार्टरफाईनलमा प्रबेश गरेको छ । दोस्रो लेगमा २–१ को जित निकालेपनि युभेन्टसलाई अघिल्लो चरण प्रबेशका लागि त्यो पर्याप्त भएन् । समग्रमा २–२ को नतिजा निस्किएपनि अवे गोलका आधारमा लियोन विजयी बनेको हो । युभेन्टसको मैदानमा खेलको १२ औ मिनेटमा पाएको पेनाल्टिको अवसरलाई मेम्फिस डिपेले गोल गर्दै लियोनलाई अग्रता दिलाएका थिए । ४३ औ मिनेटमा पेनाल्टिमार्फत नै क्रिष्टियानो रोनाल्डोले युभेन्टसलाई बराबरीम पुर्याएका थिए । ६० औ मिनेटमा उनैले पेनाल्टिमार्फत नै दोस्रो गोल गर्दै टोलीको जित निश्चित गरे । यद्यपी अवे गोलमा लियोन अघि रहदै क्वार्टरफाईनलमा प्रबेश गर्यो ।
गएराती नै रियल मड्रिडलाई २–१ ले हराएको म्यानचेष्टर सिटि समग्रमा ४–२ ले विजयी बन्दै अनितम आठमा प्रबेश गर्यो । घरेलु मैदानमा सिटिलाई जिताउन रहिम स्र्टर्लिङ र ग्राबियल जिससले गोल गरे । रियलका करिम बेन्जीमाले गोल फर्काए ।
क्वार्टरफाईनलमा सिटि र लियोन प्रतिस्पर्धा गर्नेछन् । च्याम्पियन्स लिगमा क्वार्टरफाईनल चरणका खेलबाट नकआउट स्पर्धा सुरु गर्ने हुनेछ ।
अन्तिम १६ को दोस्रो लेगमा आज बार्सिलोना र नापोली तथा बार्यन म्युनिख र चेल्सी आमने सामने हुनेछन् ।

तपाइको प्रतिक्रिया दिनुहोस ।
च्याम्पियन्स लिग
लोकप्रिय छुटाउनुभयो कि ?