Logo

मैले गरिबी भोगेको छु, गरिबको सेवा गर्न चाहान्छु : सादियो माने

न्युजडेस्क
२०७७ साउन २४ , शनिबार ०६:०८ मा प्रकाशित

एजेन्सी । लिभरपुलबाट व्यवसायिक फुटबल खेल्दै आएका सादियो माने पछिल्लो समय निक्कै सफल फुटबल हुन् । २८ बर्षिय फुटबलर माने पश्चिम अफ्रिकाको सेनेगलमा गरिब परिवारबाट फुटबलको दुनियामा प्रबेश गरेका हुन् । न्युन आय भएको परिवारमा जन्मिएकै कारण उनले पर्याप्त सामाग्री बिनै फुटबल जीवन सुरु गरेका थिए । खाली खुट्टाबाट फुटबलको दुनियामा प्रबेश गरेका उनले लामो समय त्यहि अवस्थाबाट आफुलाई अघि बढाए । यतिसम्म कि उनले कुनै समय पेटभरी खाना समेत नपाउने अवस्था थियो ।
तर उनको त्यो अवस्थामा एक दशकमै निक्कै परिवर्तन आएको छ । अहिले माने साप्ताहिक रुपमै उनी ३ करोड २० लाख नेपाली रुपैया कमाउने हैसियतमा पुगेका छन् । तर उनको जिवनशैलीमा तात्विक भिन्नता देखिन्न ।
हातमा सामान्य फुटेको मोबाईल बोकेर हिड्ने मानेलाई एक अन्तवार्तामा पत्रकारले यो बिषयमा पनि सोधेका थिए । जसको जवाफमा उनले भनेका शब्दहरुले जो कोहिलाई पनि निक्कै भावुक बनाएको छ ।
त्यस प्रश्नमा उनले भनेका थिए– यो मोबाईलको विकल्पमा अर्को मोवाईल प्रयोग गर्न सक्छु । तर मलाई यो किन चाहियो र ?
मैंले गरीबी भोगेको छु । गरिबीकै कारण मैंले पढ्न पाईन । यसैलाई सोचर मैले केहि स्कूलहरू बनाएको छु ताकि म जस्ता गरिबहरु सहजै स्कुलमा पढ्न पाउन् । म सँग जुत्ता थिएन, म बिना जुत्ता नै खेल्दथे । राम्रो एकसरो लुगा थिएन । न खान पाउँथे । आज धेरै पैसा कमाएको छु । यसलाई संसारमा देखाउनु भन्दा गरिब जनतालाई बाड्न चाहान्छु ।
सन् २०१६ मा ३४ मिलियन पाउण्डमा लिभरपुलमा प्रबेश गरेका उनी टोलीका महत्वपुर्ण सदस्य रहेका छन् । उनले व्यक्तिगत रुपमा सेनेगलमा बिद्यालय, अस्पाताल र मस्जिद निर्माणमा आफ्नो कमाईको अधिकांश रकम लगानी गर्ने गरेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस ।
सादियो माने
लोकप्रिय छुटाउनुभयो कि ?