Logo

बार्सिलोना र नापोली तथा चेल्सी र बार्यन म्युनिख भिड्दै

कैलाश
२०७७ साउन २४ , शनिबार ०४:०८ मा प्रकाशित

एजेन्सी । च्यामिपयन्स लिग फुटबल अन्तर्गत प्रिक्वार्टरफाईनलको दोस्रो लेगमा आज बार्सिलोना र नापोली तथा चेल्सी र बार्यन म्युनिख प्रतिस्पर्धा गर्दैछन् । दुबै खेल नेपाली समयानुसार राती पौने १ बजे सुरु हुनेछन । घरेलु मैदान नाउ क्याम्पमा नापोलीबिरुद्ध मैदान उत्रदा घरेलु टोली स्पष्ट जितसंगै अघिल्लो चरण प्रबेशको योजनामा रहनेछ । पहिलो लेग एक एकको बराबरीमा सकिएकाले आजको खेलमा जित निकाल्ने टोलीले अन्तिम आठको यात्रा तय गर्नेछ ।
घरेलु मैदानमा हुने खेलमा बार्यन सहज जित निकाल्दै अघिल्लो चरण प्रबेशको लक्ष्यमा हुनेछ । पहिलो लेगमा ३–० को जित निकालेकाले बार्यन तुलनात्मक रुपमा सहज अवस्थामा छ । चेल्सीलाई भने आफ्नो मैदानमा भोगेको फराकिलो हारको बदला उसैको मैदानबाट लिने अवसर जुरेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस ।
बार्सिलोना
लोकप्रिय छुटाउनुभयो कि ?