Logo

सन्दिपको दोस्रो कोरोना परिक्षण रिर्पोट नेगेटिभ

न्युजडेस्क
२०७७ साउन २३ , शुक्रबार ०१:०८ मा प्रकाशित

एजेन्सी । क्यारेबियन प्रिमियर लिग (सीपीएल) खेल्न आयोजनास्थल ट्रिनिडाड एन्ड टोबागो पुगेका नेपाली क्रिकेटर सन्दीप लामिछानेको कोरोना रिपोर्ट नेगेटिभ आएको छ । सन्दीपका व्यवस्थापक रमन सिवाकोटीका अनुसार आयोजनास्थलमा गरिएको परिक्षणमा पनि सन्दिपको रिर्पोट नेगेटिभ आएको हो ।
सिपीएल खेल्न जानु अघि सन्दिपले ललितपुरको सानेपास्थित स्टार हस्पिटलमा कोरोना परिक्षण गराएका थिए । पहिलो परिक्ष्ँण नेगेटिभ आएसंगै उनी प्रतियोगीता खेल्न आयोजनास्थल पुगेका थिए । दोस्रँे रिर्पोट पनि नेगेटिभ आएपछि उनी मैदान उत्रन योग्य भएका छन् ।
सिवाकोटीका अनुसार सन्दीपसहित उनी आबद्ध जमैका तलावाजका अन्य खेलाडी, अफिसियल र प्रशासकको कोरोना रिपोर्ट नेगेटिभ आएको छ । १ सय ६२ जनाको कोरोना परीक्षण गरिएकोमा सबैको नतिजा नेगेटिभ आएको सीपीएलले जनाएको छ । सन्दीपसहित सबै जना अफिसियल तथा खेलाडीलाई एक होटलको क्वारेन्टाइनमा राखिएको छ । क्वारेन्टिनमा बसेका सबैको नियमित परीक्षण गरिने र परीक्षणको क्रममा कसैको नतिजा पोजिटिभ आए होटलबाट अन्तै सारेर आइसोलेशनमा राखिने सीपीएलले जनाएको छ । प्रतियोगिताअघि सबै खेलाडीले अनिवार्य १४ दिन क्वारेन्टाइन बस्नुपर्ने आयोजकले नियम बनाएअनुसार सबैले क्वारेन्टाइनमा बस्नुपरेको हो । सन्दीपले यस सिजन जमैका तलावाजबाट सीपीएलका खेल्नेछन् ।

तपाइको प्रतिक्रिया दिनुहोस ।
सन्दीप लामिछाने
लोकप्रिय छुटाउनुभयो कि ?