Logo

सिटिले भ्यालेन्सीयाका विंगर टोरेसलाई भित्र्यायो

न्युजडेस्क
२०७७ साउन २१ , बुधबार ०९:०८ मा प्रकाशित

एजेन्सी । प्रिमियर लिग क्लब म्यानचेष्टर सिटिले भ्यालेन्सीयाका विंगर फेरान टोरेसलाई टोलीमा भित्र्याएको छ । सिटिले २० बर्षिय टोरेससंग ५ बर्षको सम्झौता गरेको छ । स्पेनी स्टार टोरेसलाई २३ मिलियन युरोमा सम्झौता गरेको सिटिले जनाएको छ । उनी सिटिमा समर सम्झौता गर्ने पहिलो खेलाडी हुन् । उनले क्लबमा लेरोई सानेको स्थान लिनेछन् । जर्मन फरवर्ड साने सिट छाडेर यसै सिजन जर्मन च्याम्पियन बार्यन म्युनिख पुगेका थिए ।
सम्झौता पछि टोरेसले भनेका छन्– विश्वकै सबैभन्दा आक्रामक फुटबल क्लबमा आबद्ध हुन पाएकोमा निक्कै खुशी लागेको छ । सबै खेलाडीको आ आफ्नो सपना हुन्छ । मेरो सपना पुरा भएको छ ।
उनले भ्यालेन्सीयाका लागि यो सिजन ६ गोल गरेका थिए । त्यस्तै ७ असिस्ट गर्दै टोलीका लागि महत्वपुर्ण भुमिका निर्बाह गरेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस ।
प्रिमियर लिग
लोकप्रिय छुटाउनुभयो कि ?