Logo

नाडालले युएस ओपन नखेल्ने

न्युजडेस्क
२०७७ साउन २१ , बुधबार ०९:०८ मा प्रकाशित

एजेन्सी । दोस्रो बरियताका स्पेनी राफायल नाडालले युएस ओपन नखेल्ने भएका छन् । प्रतियोगीताको डिफेण्डिङ च्याम्पियन समेत रहेका नाडालले कोरोना माहामारीको अवस्थामा सुधार नआएकाले प्रतियोगीताबाट नाम फिर्ता लिएको बताएका हुन् । युएस ओपन आगामी अगष्ट ३१ बाट न्युयोर्कमा हुने छ । माईक्रोब्लगीङ साईट ट्वीटरमार्फत नाडालले यो बर्षको प्रतियोगीता नखेल्ने घोषणा गरेका हुन् । ३४ बर्षिय स्टारले भनेका छन्–विश्वभरको स्वास्थ्य अवस्था निक्कै जोखीमपुर्ण बनेको छ । यसको नियन्त्रणमा असफल बन्दा सक्रमणको दर बढिरहेको छ । धेरै कुरा बिचार गरेर मैले यो बर्षको प्रतियोगीता नखेल्ने निर्णय लिएको छु ।
स्विस रोजर फेडेररले पनि घुडाको चोटका कारण प्रतियोगीता नखेल्ने संभावना छ । महिलातर्फपनि अष्ट्रेलियन एस्लेघ बर्टिले यो सिजन सहभागीता नजनाउने बताईसकेकी छिन् ।

तपाइको प्रतिक्रिया दिनुहोस ।
युएस ओपन
लोकप्रिय छुटाउनुभयो कि ?