Logo

ईङल्याण्डबिरुद्ध आयरल्याण्डको शानदार जित

न्युजडेस्क
२०७७ साउन २१ , बुधबार ०९:०८ मा प्रकाशित

एजेन्सी । ईङल्याण्डबिरुद्धको तेस्रो तथा अन्तिम वन डे क्रिकेटमा आयरल्याण्डले शानदार जित हात पारेको छ । साउथहेम्प्टनमा गएराती भएको खेलमा घरेलु टोलीलाई ७ विकेटले हराउदै आयरल्याण्डले ३ म्याचको सिरिज क्लिन स्वीप हुनबाट जोगाएको हो । यद्यपी सिरिज भने घरेलु टोली ईङल्याण्डले २–१ ले जितेको छ ।
३ सय २९ रनको बिशाल चुनौती आयरल्याण्डले १ बल अगावै ३ विकेट गुमाएर पुरा गर्यो । पउल स्र्टलिङ र एण्डी बालबिर्नीले शतक बनाएपछि आयरल्याण्डले उच्च चुनौती समेत पुरा गरेको हो । स्टर्लिङ १ सय ४२ र बालबिर्नीले १ सय १३ रनको योगदान गरे । हेरी टेक्टर २९ र केभिन ओब्रायन २१ रनमा अबिजित रहदै टोलीलाई शानदार जित दिलाए । ईङल्याण्डका डेभिड विल्ली र आदिल रसिदले समान एक विकेट लिए । स्र्टलिङ भने रनआउट भएका थिए ।
यसअघि पहिले ब्याटिङमा उत्रिएको ईङल्याण्ड ४९ दशमलब ५ ओभरमा ३ सय २८ रनमा समेटिएको थियो । कप्तान ईयोन मोर्गनले १ सय ६ रन बनाएको ईनिङसमा टम वेनटोनले ५८ र डेभिड विल्लीले ५१ रन बनाए । आयरल्याण्डका क्रेग योङले ३ तथा कुर्टिस चेम्पर र जस लिट्टलले समान २ विकेट लिए । पहिलो खेलमा ६ विकेटको जित निकालेको ईङल्याण्डले दोस्रो खेलमा ४ विकेटको जित निकाल्दै सिरिज आफ्नो पक्षमा पारेको थियो । खेलमा आयरल्याण्डका पउल स्र्टलिङ प्लेयर अफ दि म्याच घोषित भए । प्लेयर अफ दि सिरिज ईङल्याण्डका डेभिड विल्ली घोषित भए ।

तपाइको प्रतिक्रिया दिनुहोस ।
क्रिकेट
लोकप्रिय छुटाउनुभयो कि ?