Logo

विश्वबिजेता ईकरद्धारा सन्यासको घोषणा

न्युजडेस्क
२०७७ साउन २० , मंगलबार ०७:०८ मा प्रकाशित

एजेन्सी । विश्वबिजेता स्पेनिस गोलरक्षक इकर क्यासिल्लासले २२ बर्षे खेल जिवन अन्त्य गरेका छन् । रियल मड्रिडका पुर्ब गोलरक्षक क्यासिल्लासले माईक्रो ब्लगीङ साईट ट्वीटरमार्फत २२ बर्षको खेल जीवन अन्त्यको घोषणा गरेका हुन् । सन् २०१९ को मे १ मा पोर्टोको अभ्यासका क्रममा उनलाई हृदयघात भएपछि उनलाई मैदान नफर्कन चिकित्सककले सुझाव दिएका थिए ।
त्यसयता उनले कुनै पनि खेल खेलेका छैनन् ।

पोर्टोले सन् २०१९–२० को सिजनका लागि पनि उनलाई टोलीमा राखेको थियो । १६ वर्ष रियलबाट खेलेका उनले तीन पटक च्याम्पियन्स लिग, पाँच ला लिगा, एक पटक विश्वकप र दुई पटक युरोपियन च्याम्पियनसिप जितेका थिए । सन् २०१० मा स्पेनले विश्वकप जित्दा उनीह टोलीका महत्वपुर्ण सदस्य थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस ।
लोकप्रिय छुटाउनुभयो कि ?