Logo

इटहरी नगर क्षेत्र ५ दिनका लागि लकडाउन गर्ने निर्णय

न्युजडेस्क
२०७७ साउन २० , मंगलबार ०७:०८ मा प्रकाशित

इटहरी नगर क्षेत्र ५ दिनका लागि लकडाउन गर्ने निर्णय भएको छ ।कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि आज बसेको बैठकले साउन २५ गतेसम्मका लागि बजार पसल बन्द गर्ने निर्णय भएको हो ।सुनसरीका प्रमुख जिल्ला अधिकारी, इटहरी उपमहानगरपालिकाका मेयर द्धारिकलाल चौधरी लगायत सम्बन्धित क्षेत्रका प्रमुखहरुको उपस्थितिमा बसेको बैठकले ५ दिनका लागि बजार, पसल बन्द गर्ने निर्णय गरेको हो ।भोलीबाट दूध र औषधीका पसलहरू बाहेक सम्पूर्ण पसल व्यावसाय, तथा कार्यालयका समेत बन्द हुने गरी लकडाउन गर्ने निर्णय भएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस ।
लोकप्रिय छुटाउनुभयो कि ?