Logo

टेलिभिजनको पर्दामा एक पृथक कार्यक्रम ‘द रियल टक शो’ प्रशारणमा आउँदै

न्युजडेस्क
२०७७ साउन १६ , शुक्रबार ०७:०७ मा प्रकाशित

टेलिभिजनको पर्दामा एक पृथक कार्यक्रम ‘द रियल टक शो’ प्रशारणमा आउँदै सुनसरीको इटहरीबाट नियमित प्रशारण हुँदै आइरहेको एरिना टेलिभिजनले एक पृथक कार्यक्रम ‘द रियल टक शो’ छिट्टै प्रशारणमा ल्याउने भएको छ । टेलिभिजनको दुनिँयामा यथार्थ र खास कुरालाई आम दर्शकमाझ ल्याउने उद्देश्यले कार्यक्रम ‘द रियल टक शो’ प्रशारणमा ल्याउन लागिएको कार्यक्रम प्रस्तोता तथा टेलिभिजनका प्रबन्ध निर्देशक समीर कार्कीले बताएका छन् । विभिन्न क्षेत्रमा आवद्ध भएका विशिष्ट व्यक्तित्वहरूको सङ्घर्षदेखि सफलताका कुरालाई कार्यक्रममा प्रस्तुत गरिने कार्कीको भनाइ छ । हप्ताको एक पटक प्रशारण हुने यस कार्यक्रममा हरेक प्रकारका प्रसङ्गलाई उठान गरिने छ । विभिन्न टक शोहरु प्रशारणमा आइरहेको भएता पनि ‘द रियल टक शो’ ले दर्शकलाई हरेक प्रकारको खुराक दिने कुरामा कार्की आश्वस्त छन् । टक शोको नाममा अनावश्यक कुरा गरी अन्य कार्यक्रम जस्तो पट्यार लाग्दो नबनाई सटिक र सारगर्भित प्रसङ्गलाई मात्र प्रश्नोत्तरका माध्यमबाट कार्यक्रमलाई अगाडि बढाइने उनले बताएका छन् । वि.सं २०६८ सालदेखि हालसम्म प्रशारित एरिना टेलिभिजनले मनोरञ्जनात्मक कार्यक्रमदेखि लिएर समाचारमुलक कार्यक्रमलाई प्रशारण गर्दै आइरहेको छ । आगामी दिनमा पनि विविध कार्यक्रमका साथै दर्शकको रोजाई अनुसारका कार्यक्रमहरु ल्याउदै अगाडी बढ्ने कार्यक्रमका परिकल्पनाकार÷प्रस्तोता तथा प्रबन्ध निर्देशक समीर कार्कीले बताएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस ।
लोकप्रिय छुटाउनुभयो कि ?