Logo

सन्दिप कोरियन एयरको चार्टर उडानबाट सिपिएल खेल्न जाने

न्युजडेस्क
२०७७ साउन १४ , बुधबार १२:०७ मा प्रकाशित

नेपाली लेग स्पिनर सन्दिप लामिछाने क्यारेबियन प्रिमियर लिग सिपिएल खेल्न जाने भएका छन् । सरकारले अन्तराष्ट्रिय उडानमा लगाएको प्रतिबन्धका कारण उनको सहभागीता अन्योलमा रहिरहेका बेला उनी चार्टर विमानमा अमेरिका हुदै आयोजनास्थल ट्रिनिडाड एण्ड टोबागे जाने भएका हुन् । भोली हुने कोरियन एयरको चार्टर बिमानमार्फत सन्दिप अमेरिका उड्ने तय भएको व्यवस्थापक रमन सिवाकाटीले जानकारि दिनुभयो । अमेरिकाबाट उनी आयोजनास्थलमा अर्को विमानबाट जाने तय भएको छ । त्यसका लागि अनी अनुबन्धीत जमैका तलावाजले व्यवस्थापन गरेको छ ।
सिपिएल खेल्न जानुअघि सन्दिपले ललितपुरको सानेपास्थित स्टार हस्पिटलमा कोरोना परिक्ष्ँण गराएका थिए । त्यसको रिर्पोट आज मध्यान्ह आउनेछ ।
त्यसको रिर्पोटपछि मात्र उनको भ्रमणको तालिका यकिन हुने सिवाकाटीले बताउनुभयो ।

तपाइको प्रतिक्रिया दिनुहोस ।
सन्दिप लामिछाने
लोकप्रिय छुटाउनुभयो कि ?