Logo

त्रिकोणात्मक सिरिज असोज पहिलो साता गर्ने आईसीसीको प्रस्ताव

न्युजडेस्क
२०७७ साउन १३ , मंगलबार ११:०७ मा प्रकाशित

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)ले असोज पहिलो साता विश्वकप लिग टु अन्तर्गत नेपाल, नामिबिया र स्कटल्याण्डबीच सिरिज गर्ने प्रस्ताव गरेको छ । नामिबियामा हुने सिरिजका लागि आईसीसीले तीनै मुलुकलाई प्रस्ताव पठाएको हो । अप्रिल २० देखि २७ सम्मका लागि तय भएको सिरिज कोरोना माहामारीका कारण रोकिएको थियो । आईसीसीले पठाएको प्रस्तावमा नेपालले भने कठिन हुने जवाफ पठाएको नेपाल क्रिकेट संघ क्यानका अध्यक्ष चतुरबहादुर चन्दले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो– आईसीसीले त्रिकोणात्मक सिरिजका लागि सेम्टेम्बर २० को मिती प्रस्ताव गरेको थियो । हामीले सो मितीमा सिरिज गर्न कठिन हुने जवाफ पठाएका छौ ।
मुलुकमा अन्तराष्ट्रिय हवाई सेवा सुचारु नरहेको तथा टोलीलाई प्रशिक्षणमा निकाल्न समेत अप्ठेरो परेको कारण देखाउदै क्यानले आईसीसीलाई जवाफ लेखेको चन्दले बताउनुभयो ।
राष्ट्रिय क्रिकेट टोलीको प्रशिक्षणका लागि ठोस योजनासम्म बनाउन नसक्दा नेपालका आगामी अन्तराष्ट्रिय प्रतियोगीता अन्योलमा पर्दै गएका छन् । अन्य मुलुकले पठाएको जवाफ हेरी आईसीसीले सिरिजबारे निर्णय लिने छ । २ मुलुकले सो मितीमा खेल्न सकने जवाफ पठाए नेपालमाथी दबाव बढ्नेछ । ७ राष्ट्रले प्रतिस्पर्धा गरिरहेको लिग टु क्रिकेटमा नेपालले हालसम्म ४ वटा खेल मात्र खेलेको छ ।
पहिलो सिरिजका रुपमा नेपालले घरेलु मैदानमा ओमान र अमेरिकासंग प्रतिस्पर्धा गरेको थियो । जसमध्ये २ खेलमा जित निकालेको नेपाल तालिकाको छैठौ स्थानमा छ ।

तपाइको प्रतिक्रिया दिनुहोस ।
लोकप्रिय छुटाउनुभयो कि ?