Logo

बर्मन बुढाको निधनले प्रचण्ड मर्माहत

न्युजडेस्क
२०७७ साउन ७ , बुधबार १०:०७ मा प्रकाशित

पुराना कम्युनिस्ट नेता तथा पूर्वसांसद बर्मन बुढाको बुधबार बिहान भएको निधनमा नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मर्माहत भएको बताएका छन् ।

‘रोल्पा जिल्लाका क्रान्तिकारी नेता तथा पूर्वसांसद कमरेड बर्मन बुढाको असामयिक निधनले मर्माहत बनाएको छ । कमरेड बुढाको पाटन अस्पताल, ललितपुरमा उपचारका क्रममा बुधबार बिहान साढे ४ बजे ९० वर्षको उमेरमा निधन भएको हो’, प्रचण्डले जारी गरेको वक्तव्यमा भनिएको छ ।

‘नेपाली मुक्तिकामी आन्दोलनका अविचलित र अथक योद्धा कमरेड बुढाको विशेष गरी रोल्पाली जनताको मुक्तिकामी आन्दोलनमा ऐतिहासिक योगदान रहेको छ’, प्रचण्ड अगाडि भन्छन्,‘सामन्तवाद विरोधी नेपाली जनताको मुक्तियुद्धमा उहाँ जहिले पनि अग्रमोर्चामा रहनुभयो ।’

संघर्षका प्रेरणादायी अभिभावक बुढाप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजन तथा आफन्तजनमा प्रचण्डले समवेदना व्यक्त गरेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस ।
प्रचण्ड
लोकप्रिय छुटाउनुभयो कि ?