Logo

धुर्मुसको आत्मविश्वास : १८ महिनामा रंगशाला निर्माण सक्छौ

न्युजडेस्क
२०७७ साउन ७ , बुधबार ०७:०७ मा प्रकाशित

जनस्तरबाट निर्माण भईरहेको गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट मैदानको काम अबको १८ महिनाभित्रै सम्पन्न गर्ने धुर्मुस सुन्तली फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेल धुर्मुसले बताएका छन् । लकडाउनको समयमा पनि निर्माणको कामलाई जारी राखेको फाउण्डेशनले कुनै बाधा अबरोध नआए अबको डेढ बर्षमा रंगशाला तयार पारिसक्ने दाबी गरेको हो । सरकारले हिजोबाट लकडाउन खुलाएसंगै निर्माको काम सहज ढंङगले अघि बढ्ने कट्टेलको भनाई छ । कट्टेलले भने–बर्षायाससंगै लकडाउनका कारण यो अबधीमा निर्माणको काम केहि सुस्त भयो, अब हामी यसलाई तिब्रता दिन्छौ । हाम्रो लक्ष्य अबको १८ महिनामा निर्माणको काम सम्पन्न गर्ने हुनेछ ।


लकडाउनका अबधिमा मैदानको काम रोकिएपनि प्याराफिट निर्माणको काममा १ सय ५२ कामदार खटिएको उनले बताए । यद्यपी सहयोग रकम संकलनमा समस्या भएकाले विकल्पहरुमा पनि छलफल थालेको उनको भनाई छ । कट्टेलले भने–कबोल गरेको धेरै रकम हामीले पाईसकेका छैनौ, यो बिचमा केन्द्र सरकारदेखी प्रदेश र स्थानिय सरकारसंगपनि छलफल भएको छ । अन्य विकल्पहरुमा पनि हामी लागि परेका छौ ।
सरकारी तबरबाट बाचा गरिएको रकममध्ये हेटौडा उपमहानगरपालिकाले ३० लाख रुपैया दिएपनि अन्य निकाय र कार्यालयको रकम कागजमै सिमित देखीएको छ ।
कोरोनाको माहामारीपछि बिस्तारै सहज अवस्था आएकाले अब कामदारको संख्या दोब्बर पार्ने र कामलाई थप तिब्रता दिने उनको भनाई छ ।
रंगशाला निर्माणमा हालसम्म झण्डै १५ करोड रुपैया खर्च भईसकेको छ । बिभिन्न स्रोतबाट हालसम्म ११ करोड ३७ लाख रुपैया मात्र जुटेको छ ।
३ अर्बको लागतमा निर्माण गर्ने लक्ष्य राखिएको रंगशाला निर्माणमा सुरुवातदेखी नै रकम अभाव भएपनि कामलाई रोक्ने पक्षमा आफुहरु नरहेको उनले बताए । रंगशाला निर्माणको सहयोगार्थ लगाईएको माहायज्ञमा ६९ करोड रुपैयाको प्रतिबद्धता आएपनि अधिकांश रकम प्राप्त नभएकाले समस्या थपिएको हो ।
रंगशालाको प्याराफिटमा रहने ए, बि, सी र डी ब्लकका ८० भन्दा बढि पिल्लर राख्ने काम भईसकेको छ । कट्टेलले हरेक सहयोग आफुहरुले स्वीकार्ने बताउदै रंगशाला निर्माणमा अपनत्व लिन आम सर्बसाधारणलाई आग्रह समेत गरे ।

तपाइको प्रतिक्रिया दिनुहोस ।
लोकप्रिय छुटाउनुभयो कि ?