Logo

ट्वान्टी–२० विश्कप एक बर्ष पछि सर्यो

कैलाश
२०७७ साउन ५ , सोमबार ११:०७ मा प्रकाशित

एजेन्सी । अष्ट्रेलियामा हुने तय भएको ट्वान्टी-२० विश्वकप क्रिकेट प्रतियोगीता एक बर्ष पछि सरेको छ । कोरोना माहामारीका कारण प्रतियोगीताको आयोजना गर्न नसकिने भन्दै अन्तराष्ट्रिय क्रिकेट परिषद आईसीसीले विश्वकप क्रिकेट एक बर्ष पछि सारेको हो । आईसीसीले सन् २०२१ को अक्टोबर नोभेम्बरमा प्रतियोगीता गर्ने जनाएको छ । आयोजकको जिम्मेबारीमा भने कुनै परिवर्तन गरिएको छैन् ।
ट्वान्टी-२० विश्वकप हुने नहुने अन्यौलताका बिच आयोजक राष्ट्र अष्ट्रेलियाले पनि यथास्थितीमा प्रतियोगीता गर्न कठिन हुने बताएपछि आईसीसीले एक बर्ष सार्ने निर्णय गरेको हो । विश्वकप एक.बर्ष पछि सार्ने निर्णयसंगै ईण्डियन प्रिमियर लिग आईपीएल गर्ने बाटो खुल्ला भएको छ ।
ट्वान्टी २० विश्वकप क्रिकेटको फाइनल खेल नोभेम्बर १४ मा हुने आईसीसीले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस ।
ट्वान्टी–२० विश्कप
लोकप्रिय छुटाउनुभयो कि ?