Logo

ईण्डियन प्रिमियर लिग क्रिकेट आईपीएल युएईमा गर्ने तयारी

न्युजडेस्क
२०७७ साउन ४ , आईतबार ०१:०७ मा प्रकाशित

एजेन्सी । ईण्डियन प्रिमियर लिग क्रिकेट आईपीएल युएईमा गर्ने तयारी थालिएको छ । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड बिसीसीआईले यो सिजनको प्रतियोगीता आबुदाबीमा गर्ने गरी तयारी अघि बढाएको हो । अष्ट्रेलियामा हुने ट्वान्टी–२० विश्वकपका बारे आईसीसीले निर्णय गरेपछि आईपीएलको मिती तय गरिने बिसीसीआईल जनाएको छ । तर प्रतियोगीताको तयारीका बिषयमा भने बोर्डले तयारी अघि बढाएको जनाएको छ । खेलाडीको बसोबास र प्रशिक्षणस्थलको व्यवस्थाका लागि छलफल अघि बढाएको छ । ट्वान्टी–२० विश्वकप रद्ध भए सेप्टेम्बर २६ देखी नोभेम्बर ७ सम्म आईपीएल गराउने बिसीसीआईको तयारी छ । पछिल्लो बोर्ड बैठकले युएईमा प्रतियोगीता गर्ने बिषयमा मोटामोटी सहमती जनाएको थियो । सोहि सहमतीका आधारमा युएई क्रिकेट बोर्डसंगको छलफल अघि बढाईएको हो । बोर्डका अध्यक्ष्ँ सौरभ गांगुलीले आईपीएल गर्नका लागि सबै विकल्पमा छलफल अघि बढाउने बताएसंगै बोर्डले उपयुक्त विकल्पको खोजी सुरु गरेको हो ।
बिसीसीआईले आगामी अगष्टमा क्लबको कन्ट्रयाकमा रहेका खेलाडीको अभ्यास थाल्ने तयारी पनि बढाएको छ । भारतमै हुने अभ्यासपछि खेलाडीलाई चार्टर उडानमार्फत युएई लैजाने तयारी भएको बिसीसीआईका एक अधिकारीले बताए । युएई जानु अघि सबै खेलाडीलाई २ साता आईसोलेशनमा राखीने र स्वास्थ्य जाचपछि मात्र प्रशिक्षणमा राख्ने गरी तयारी अघि बढेको हो ।
यद्यपी ट्वान्टी–२० विश्वकपका बिषयमा आईसीसीले गर्ने निर्णयपछि मात्र भारतीय क्रिकेट बोर्डले यसबारे औपचारिक निर्णय गर्ने जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस ।
लोकप्रिय छुटाउनुभयो कि ?