Logo

नेकपाको स्थायी कमिटि बैठक चार घण्टाका लागि स्थगित

न्युजडेस्क
२०७७ साउन २ , शुक्रबार ११:०७ मा प्रकाशित

काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी नेकपाको अहिले बिहान ११ बजे बस्ने भनिएको स्थायी कमिटिको बैठक दिउँसो तीन बजेका लागि सारिएको छ ।स्थायी कमिटीको बैठक दिउँसो तीन बजे सम्मका लागि स्थगित गरिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन् ।

विवाद समाधानका लागि दुई अध्यक्षबीच छलफल गर्नुपर्ने भएकोले बैठकको समय सारिएको बताइएको छ ।बिहान ११ बजे बैठक बस्ने भनिएपछि स्थायी कमिटि सदस्यहरु बालुवाटार पुगेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस ।
लोकप्रिय छुटाउनुभयो कि ?