Logo

दोस्रो टेष्टको पहिलो ईनिङसमा ईङल्याण्ड बलियो

न्युजडेस्क
२०७७ साउन २ , शुक्रबार ०८:०७ मा प्रकाशित

एजेन्सी । वेष्ट ईण्डिजबिरुद्धको दोस्रो टेष्टको पहिलो ईनिङसमा ईङल्याण्ड बलियो स्थितीमा पुगेको छ । म्यानचेष्टरमा टस जितेको क्यारेबियन टोलीले फिल्डिङ रोजेपछि व्याटिङमा उत्रिएको घरेलु टोलीले दिनको समाप्तीमा ३ विकेट गुमाएर २ सय ७ रन बनाएको हो । तेस्रो विकेटका लागि डोम सिब्ले र वेन स्टोक्सले १ सय २६ रनको साझेदारी गरेपछि ईङल्याण्डले खेलमा पकड बनाएको हो । सिब्ले ८६ र स्टोक्स ५९ रनमा अबिजित छन् । कप्तान जोए रुट २३ र रोरी बु्रन्सले १५ रन बनाएको ईनिङसमा ज्याक क्राउले गोल्डेन डकआउट भए । वेष्ट ईण्डिजका रोष्टन चेसले २ तथा जेसन होल्डरले १ विकेट लिए ।
पहिलो टेष्टमा ४ विकेटको हार भोगेको ईङलिश टोली दोस्रो टेष्टमा जित निकाल्दै ३ म्याचको सिरिज बराबरीमा ल्याउने प्रयासमा छ ।

तपाइको प्रतिक्रिया दिनुहोस ।
ईङल्याण्ड
लोकप्रिय छुटाउनुभयो कि ?