Logo

ट्वीटरमा नरुचाइएको सलमान खानको यो क्रियाकलाप

न्युजडेस्क
२०७७ साउन २ , शुक्रबार ११:०७ मा प्रकाशित

बलिउडका सुपरस्टार सलमान खानले लकडाउनको सबैजसो समय आफ्नो पानभेल फाम हाउसमा बिताएका छन्।

यो समयमा अभिनेताले गीत रेकर्ड गराए, केही विज्ञापनहरु, केही प्रवर्दनका दृश्यहरु। उनले ट्वीटरमा सँधै आफ्नो कामको जानकारी गराईराखेका छन्। उनका पोस्टमा हजारौँ फ्यानको राम्रो प्रतिक्रिया देखिन्छ। तर हालै उनले सार्वजनिक गरेको एउटा पोस्ट भने दर्शकले मन पराएका छैनन्।

गएको मंगलबार सलमानले एउटा तस्बिर सार्वजनिक गरेका छन्, जसमा उनी माटोमा लतपतिएका छन्। यो फोटोलाई साझा गर्दै उनले लेखेका छन्, ‘कृषकको सम्मान गरौँ।’ यो तस्बिरले सलमान खेतीकिसानी मुडमा रहेको देखाउँछ तर, उनको यो कामलाई दर्शकले मन पराएका छैनन्।

तपाइको प्रतिक्रिया दिनुहोस ।
लोकप्रिय छुटाउनुभयो कि ?