Logo

ईङल्याण्ड र वेष्टईण्डिजबिचको दोस्रो टेष्ट आजबाट सुरु हुदै

न्युजडेस्क
२०७७ साउन १ , बिहीबार ०९:०७ मा प्रकाशित

एजेन्सी । ईङल्याण्ड र वेष्ट ईण्डिजबिचको दोस्रो टेष्ट क्रिकेट आज सुरु हुदैछ । म्यानचेष्टरमा हुने खेल नेपाली समयानुसार अपरान्ह पौने ४ बजे सुरु हुनेछ । ३ टेष्टको सिरिजमा भ्रमणकारी टोली वेष्ट ईण्डिज १–० ले अघि रहेकाले घरेलु टोली केहि दबावमा आज मैदान उत्रनेछ । ईङलिश टोलीमा आज केहि परिवर्तन हुने संभावना छ ।

१९८८ पछि ईङल्याण्डलाई उसैको घरेलु मैदानमा हराउने योजनामा रहेको क्यारेबियन टोली दोस्रो टेष्टमा पनि जित निकाल्दै आफ्नो लक्ष्यमा पुग्न चाहान्छ ।
पहिलो टेष्टमा ४ विकेटको जित निकालेको क्यारेबियन टोली आफ्नो सोहि लय कायम राख्न चाहान्छ । ईङलिश टोलीमा जस बटलर र क्यारेबियन टोलीमा साई होपको आगमनले केहि रोमाञ्चकता थप्नेछ ।

तपाइको प्रतिक्रिया दिनुहोस ।
वेष्टईण्डिज
लोकप्रिय छुटाउनुभयो कि ?