Logo

सुरेश कार्कीको अध्यक्षतामा लायन्स क्लब अफ इटहरी सिटिजन्स गठन

कैलाश
२०७७ असार ३० , मंगलबार ११:०७ मा प्रकाशित

लायन्स कल्ब अफ इटहरी सिटिजन्सले एक कार्यक्रमको बिच ब्यानर अनावरण गर्दै बिधिवत रुपमा क्लब गठन गरेको छ। समाजका विभिन्न क्षेत्रमा सेवा गर्दै हाल विश्वको २०० भन्दा बढी रास्ट्रहरूमा फैलिएर रहेको उक्त क्लवले इटहरीमा पनि विभिन्न क्षेत्रका ब्याक्तिहरुलाई समेटेर सुरेश कार्कीको अध्यक्षतामा २९ सदस्यीय लायन्स कल्ब अफ इटहरी सिटिजनको गठन गरेको हो । त्यसै गरी क्रमशः प्रथम उपाध्यक्षमा भवनाथ तिमिल्सिना दोस्रो उपाध्यक्षमा बिशाल बास्तोला, तेस्रो उपाध्यक्ष करण बिष्ट, सचीवमा मिलन कार्की, प्रशासकमा टंक फुयाल र कोषाध्यक्षमा सुबासचन्द्र गौतम चयन भएका छन ।

लायन्स कल्ब अफ इटहरी एक्टिभले प्रायोजन गरेको लायन्स कल्ब अफ इटहरी सिटिजन्स दुर्गा पार्टी प्यालेस इटहरीको सभाहलमा लायन्स क्लबका फस्ट भाइस डिस्ट्रिक गभर्नर लायन रेवत बहादुर कार्कीको प्रमुख आतिथ्यमा एक कार्यक्रमका बिच क्लबको ब्यानर अनावरण गर्दै बिधिवत रुपमा क्लबको गठन गरिएको थियो साथै त्यसै कार्यक्रमको अवसर पारेर भिडीजि लायन रेवत् बहादुर कार्की, ट्रेनिंग पुल Co-ordinator लायन धिरज गुरुङ र GLT Co-ordinator लायन रिसब दाहाल लगयतले अभिमुखिकरण तालिम समेत दिनुभएको थियो ।

“जति धेरै हात त्यतिनै धेरै सेवा” भन्ने भनाइलाई आत्मासाथ गर्दै सामाज सेवाको क्षेत्रमा लायन्सको उपस्थितिलाई उल्लेखनीय बनाउने उद्देश्यले आफ्नो क्लबको स्थापना भएको छोटो समयमा नै अर्को क्लबलाई sponsorship दिएर क्लब गठन गर्न सहयोग गरेको कुरा उक्त कार्यक्रमका सभापति तथा Lions Club of Itahari Active संस्थापक अध्यक्ष लायन रन्जु सिग्देलले बताउनु भयो। Lion club of Itahari Citizens का संस्थापक अध्यक्ष लायन सुरेश कार्कीले मन्तव्यको क्रममा आफ्नो भनाइ राख्दै, नेतृत्वकर्ताले नेतृत्व गर्ने क्रममा आउनसक्ने चुनौतीहरुको पुर्व मुल्यांकन गर्न सकेमात्र नेतृत्व सफल हुनेछ र त्यसका लागी हामी शारीरिक, मानसिक र आर्थिक रुपमा तयार भैसकेको कुरा समेत स्पष्ट पार्नु भयो साथै अहोरात्र खटेर नयाँ क्लब दर्ताको लागी सहयोग गर्नुभएको भन्दै अर्का क्लबकी अध्यक्ष लायन रन्जु सिग्देलको खुलेरै तारिफ समेत गर्नु भएको थियो।

उक्त कार्यक्रमका बिच लियो उज्वल सिग्देलको अध्यक्षतामा लियो क्लव अफ इटहरी एक्टिभको समेत गठन गरिएको थियो भने Vice District President लियो मुकेश पौडेलले अभिमुखिकरण तामिम दिनुभएको थियो ।नव गठित कलवका पदाधिकारी तथा सदस्यहरुको नमावली निम्नअनुसार रहेको छ।

तपाइको प्रतिक्रिया दिनुहोस ।
लोकप्रिय छुटाउनुभयो कि ?