Logo

लायन्स क्लब अफ इटहरी सिटिजन्सको सचिबमा मिलन कार्की चयन

कैलाश
२०७७ असार ३० , मंगलबार १२:०७ मा प्रकाशित

Lions Club of Itahari Citizens को बर्ष २०२०/२०२१ को लागी सचिबमा मिलन कार्की सर्बसम्मत रुपमा चयन हुनुभएको छ । बिगत लामो समयदेखी इटहरीलाई कर्मथलो बनाएर सामाजिक सेवाको क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउने उद्देश्य लिएर निरन्तर लागीरहनु भएका मिलन कार्की सचिबमा सर्बसम्मत चयन हुनुभएको हो। राजनितीमा समेत विशेष चासो राख्नुहुने कार्की बेला बेला समाजिक संजालहरुमा समेत आफ्नो बिश्लेशणात्मक अभिव्यक्ति प्रस्ट रुपमा राख्ने गर्नु हुन्छ ।”जति धेरै हात त्यति नै धेरै सेवा” भन्ने भनाइलाई आत्मासाथ गर्दै हाल विश्वको २०० भन्दा बढी रास्ट्रहरूमा फैलिएर रहेको उक्त क्लवले मानव सेवा र पर्यावरण रक्षा लगायत विभिन्न क्षेत्रमा काम गर्दै आएको छ । त्यसै शिलसिलमा इटहरीमा पनि विभिन्न क्षेत्रका ब्यक्तिहरुलाई समेटेर सुरेश कार्कीको अध्यक्षतामा २९ सदस्यीय क्लब गठन गरेको हो। दुर्गा पार्टी प्यालेस इटहरीको सभाहलमा लायन्स क्लबका Frist Vice District Governor (VDG) लायन रेवत बहादुर कार्की ज्युको प्रमुख आतिथ्यमा एक कार्यक्रमका बिच क्लबको ब्यानर अनावरण गर्दै बिधिवत रुपमा क्लबको गठन गरिएको थियो भने लायन्स क्लबको नियमानुसार लायन्स क्लब अफ इटहरी एक्टिभले प्रायोजनमा लायन्स क्लब अफ इटहरी सिटिजन्स गठन गरिएको हो।

तपाइको प्रतिक्रिया दिनुहोस ।
लोकप्रिय छुटाउनुभयो कि ?