Logo

३३ किलो सुन तस्करीका आरोपीलाई यूएईबाट काठमाडौँ ल्याइयो

न्युजडेस्क
२०७७ असार २७ , शनिबार ०४:०७ मा प्रकाशित

३३ किलो सुन तस्करी प्रकरणमा यूएईमा पक्राउ परेका एक आरोपीलाई नेपाल ल्याइएको छ ।इन्टरपोलमा रेडकर्नर नोटिस जारी भएपछि २०७५ माघमा यूएईमा समातिएका हरिशरण खड्कालाई आवश्यक कानुनी प्रक्रिया पूरा गरेर शनिबार काठमाडौँ ल्याइएको नेपाल  प्रहरीका प्रवक्ता डिआइजी निरज शाहीले जानकारी दिए ।शाहीका अनुसार काभ्रे घर भएका ४२ वर्षीय खड्का एक दशकयता यूएईमै बस्दै आएका थिए ।मोरङका चुडामणि उप्रेती ‘गोरे’को समूहमा रहेर उनले यूएईबाट नेपालमा सुन तस्करी गर्ने गरेको उच्च स्तरीय सुन अनुसन्धान समितिले सार्वजनिक गरेको थियो ।खड्कालाई मोरङ लैजाने तयारी छ ।

तपाइको प्रतिक्रिया दिनुहोस ।
लोकप्रिय छुटाउनुभयो कि ?