Logo

वेष्ट ईण्डिजलाई १ सय १४ रनको अग्रता

न्युजडेस्क
२०७७ असार २७ , शनिबार ०८:०७ मा प्रकाशित

एजेन्सी । ईङल्याण्डबिरुद्धको पहिलो टेष्ट क्रिकेटको पहिलो ईनिङसमा वेष्ट ईण्डिजले १ सय १४ रनको अग्रता बनाएको छ । तेस्रो दिन ५७ रनमा एक विकेट गुमेको अवस्थाबाट आफ्नो ईनिङस अघि बढाएको क्यारेबियन टोली ३ सय १८ रनमा अलआउट भयो । क्रेग ब्रेथवेटले ६५, सेन ड्वरिचले ६१ र रोष्टन चेसले ४७ रन बनाए । ईङल्याण्डका वेन स्टोक्सले ४, जेम्स एण्डरशनले ३ तथा डोम वेसले २ विकेट लिए । मार्क उडको नाममा १ विकेट रह्यो ।
घरेलु टोली ईङल्याण्ड पहिलो ईनिङसमा २ सय ४ रनमा समेटिएको थियो । तेस्रो दिन नै आफ्नो दोस्रो ईनिङस थालेको घरेलु टोलीले दिनको समाप्तीमा विना क्षती १५ रन बनाएको छ । यो अवस्थामा ईङल्याण्ड ९९ रनले पछि रहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस ।
वेष्ट ईण्डिज
लोकप्रिय छुटाउनुभयो कि ?