Logo

लिपुलेक, लिम्पियाधुरा हाम्रै कालापानी सार्बजनिक (भिडियो सहित)

न्युजडेस्क
२०७७ असार २७ , शनिबार ०९:०७ मा प्रकाशित

अतिक्रमणकारी भारतद्वारा अतिक्रमित भूभाग “लिपुलेक, लिम्पियाधुरा हाम्रै कालापानी” नामक म्यूजिक भिडियो सार्बजनिक भएको छ ।“लिपुलेक, लिम्पियाधुरा हाम्रै कालापानी” म्यूजिक भिडियोमा शीर कुमार साङ्पाङ, गजेन बान्तवा, रेमन पुवार मगर, सुनिता सन्यक लिम्बू, विमला गुरुङ्ग र बसुन्धरा राईको सामुहिक आवाज रहेको छ ।यदुराज साङ्पाङ राईको शब्द रचनामा तयार पारिएको यस म्यूजिक भिडियोलाई निर्देशक शिरकुमार साङ्पाङले निर्देशन गरेका छन् भने सह-निर्देशनको कार्य बसन्त वाम्बुले राईले निभाएका छन् ।राष्ट्रियताको मार्मिक भावना ओकलिएको यस “लिपुलेक, लिम्पियाधुरा हाम्रै कालापानी” म्यूजिक भिडियोमा आरसि फुलाहाङ्गले संगीत भरेका छन् भने एरेञ्ज गायक गजेन वान्तवाकै रहेका छ ।दिनेश राई र सविन राईको छायांकन रहेको यस म्यूजिकभिडियोको अडियो भिडियाे जिएम प्रोडक्शनमा तयार गरिएको हो भने मिक्सिङ्ग र मास्टरिङ्गमा रणदीप भुजेलको योगदान रहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस ।
लोकप्रिय छुटाउनुभयो कि ?