Logo

रियल मड्रिड ला लिगाको उपाधि नजिक

न्युजडेस्क
२०७७ असार २७ , शनिबार ०८:०७ मा प्रकाशित

एजेन्सी । रियल मड्रिड स्पेनिस ला लिगा फुटबलको उपाधि नजिक पुगेको छ । ३५ औ चरणको खेलमा गएराती डिर्पोटिभो अलाभेषलाई २–० ले हराउदै रियलले शीर्ष स्थानमा ४ अंकको अग्रता कायम गर्दै उपाधि यात्रा बलियो बनाएको हो । उसलाई जितका लागि ५ अंक पर्याप्त छ । घरेलु मैदानमा नियमित कप्तान सर्जियो रामोससहित मुख्य केहि खेलाडी बिना नै मैदान उत्रिएको रियलको जितमा करिम बेन्जीमा र मार्को एसेन्सीयोले गोल गरे । ११ औ मिनेटमा बेन्जीमाले पेनाल्टिमार्फत गोल गर्दै रियललाई अग्रता दिलाएका गिए । एसेन्सीयोले ५० औ मिनेटमा अर्को गोल गर्दै टोलीलाई सहज जित दिलाए । ३५ खेलबाट रियलको ८० र समान खेलबाट बार्सिलोनाको ७६ अंक छ ।
गएराती नै ग्रानाडाले रियल सोसिडाडलाई ३–२ ले स्तब्ध पार्यो । यो जितले ग्रानाडालाई तालिकाको नवौ स्थानमा पुर्याएको छ । ३५ खेलबाट उसको ५० अंक भएको छ । हारका बाबजुत पनि समान खेलबाट ५१ अंकमा सोसिडाड सातौ स्थानमा कायम छ । ला लिगामा आज उपाधि होडमा रहेको अर्को टोली बार्सिलोनाले रियल भल्लाडोलिडसंग खेल्नेछ । यो खेलमा भल्लाडोलिड विजयी भए रियललाई उपाधिका लागि २ अंक नै पर्याप्त हुनेछ । बार्साले जित निकाले ३७ औ चरणको खेलले मात्र उपाधि विजेता टुंगो लगाउनेछ ।

तपाइको प्रतिक्रिया दिनुहोस ।
रियल मड्रिड
यो पनि हेर्नुहोस् : हाजार्डको चोट जटिल – जिदान
लोकप्रिय छुटाउनुभयो कि ?