Logo

एट्लेटि मड्रिड बराबरीमा रोकियो,भ्यालेन्सीयाको संर्घषपुर्ण जित

कैलाश
२०७७ असार २४ , बुधबार ०८:०७ मा प्रकाशित

एजेन्सी । स्पेनिस ला लिगा फुटबलको पछिल्लो खेलमा एट्लेटिको मड्रिड सेल्टा डि भिगोसंग एक एकको बराबरीमा रोकिएको छ । खेलको पहिलो मिनेटमै अल्भारो मोराताको गोलमा बनाएको अग्रता जोगाउन नसक्दा एट्लेटिको मड्रिड अंक बाँड्न बाध्य भयो । दोस्रो हाफको सुरुवातमै फ्रान बेल्ट्रानले सेल्टालाई बराबरीमा पुर्याएका थिए । बराबरीपछि पनि एट्लेटिको मड्रिड ६३ अंकमा तालिकाको तेस्रो स्थानमा यथावत छ । सेल्टा भने तालिकाको १५ औ स्थानमा उक्लिएको छ । ३५ खेलबाट सेल्टाको ३६ अंक छ ।
भ्यालेसीयाले रियल भल्लाडोलिडबिरुद्ध २–१ को संघर्षपुर्ण जित निकाल्यो । म्याक्सी गोमेज र लि काङग ईनले गोल गर्दै टोलीलाई जित दिलाए । भल्लाडोलिडका भिक्टर गार्सीयाले सान्त्वना गोल गरे । यो जितले भ्यालेन्सीयालाई तालिकाको आठौ स्थानमा पुर्याएको छ । ३५ खेलबाट उसको ५० अंक भएको छ । भल्लाडोलिड ३९ अंकमा तालिकाको १३ औ स्थानमा छ ।

तपाइको प्रतिक्रिया दिनुहोस ।
ला लिगा
लोकप्रिय छुटाउनुभयो कि ?