Logo

सन्दिपले जमैका तलावाजबाट सीपीएल खेल्ने

न्युजडेस्क
२०७७ असार २३ , मंगलबार ०६:०७ मा प्रकाशित

एजेन्सी । नेपाली लेगस्पिनर सन्दिप लामिछानेले लगातार तेस्रो पटक क्यारेबियन प्रिमियर लिग क्रिकेट सीपीएल खेल्ने भएका छन् । सन्दीपलाई जमैका तलावाजले आसन्न सिजनका लागि टोलीमा अनुबन्धन गरेको हो । यसअघि नै भएको ड्राफ्टको नतिजा आयोजकले आज सार्बजनिक गरेको हो ।
सन्दीपले यसअघिका दुई संस्करण प्रतियोगीतामा सहभागीता जनाईसकेका छन् । उनलाई जमैकाले १ करोड ८ लाख नेपाली रुपैयामा टोलीमा अनुबन्धन गरेको हो । उनले आफ्नो बेस प्राईस ९० हजार अमेरिकी डलर राखेका थिए । सन्दिपले पाएको यो हालसम्मकै सर्बाधिक उच्च रकम हो । सन्दीपले पहिलो सिजनको सीपीएल सेन्ट किट्सबाट खेलेका थिए । सो क्लबले सन्दिपलाई ५ हजार अमेरिकी डलरमा अनुबन्धन गरेको थियो । अघिल्लो संस्करणमा उनले बार्बाडोसबाट खेलेका थिए । दोस्रो संस्करणमा उनको मुल्य ७० हजार अमेरिकी डलर पुगेको थियो । यसपटक त्यसमा पनि २० हजार डलर बृद्धि भएको हो ।
सीपीएलको ड्राफ्टमा रहेका ५ सय ३७ खेलाडीमध्ये सन्दिप एक्लो नेपाली क्रिकेटर हुन् । सीपीएल अगष्ट १८ देखि सेप्टेम्बर १० सम्म गर्ने प्रताव गरिएको छ । यद्यपी प्रतियोगीताको औपचारिक मिती भने सार्बजनिक गरिसकिएको छैन् । यो अनुबन्धनसंगै सन्दिप करोडको क्लबमा प्रबेश गरेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस ।
सन्दिप लामिछाने
लोकप्रिय छुटाउनुभयो कि ?