Logo

सन्दिपको मुल्य १ लाख ३० हजार अमेरिकी डलर

कैलाश
२०७७ असार २३ , मंगलबार ०९:०७ मा प्रकाशित

 लेगस्पिनर सन्दीप लामिछानेलाई जमैका तलावाजले किर्तिमानी मुल्यमा टोलीमा समाबेश गरेको छ । लगातार तेस्रो पटक क्यारेबियन प्रिमियर लिग (सीपीएल) खेल्न लागेका सन्दिपलाई जमैकाले १ लाख ३० हजार अमेरिकि डलर अर्थात १ करोड ५५ लाख रुपैयामा अनुबन्धन गरेको हो । सन्दीपले सीपीएलका लागि आफ्नो मूल्य ९० हजार अमेरिकी डलर तोकेका थिए । सन्दीपसंगै अफगानी अलराउन्डर मोहम्मद नाबी र अस्ट्रेलियन ब्याट्सम्यान बेन डंक पनि सोही मूल्यमा अनुबन्धित भएका छन् ।
यसअघि सन्दीपले सेन्ट किट्स एन्ड नाभिस प्याट्रियट्स र बार्बाडोस ट्राइडेन्सबाट सीपीएल खेलेका थिए । सीपीएलको पहिलो संस्करणमा सन्दीप ५ हजार अमेरिकी डलर तथा दोस्रो संस्करणमा ७० हजार अमेरिकी डलरमा अनुबन्धित भएका थिए । सन्दीप आबद्ध जमैका तलावाजमा आन्द्रे रसेल, कार्लोस ब्रेथवेट, ओशाने थोमस, ग्लेन फिलिप्स लगायतका चर्चित खेलाडी रहेका छन् । यस सिजनको सीपीएल ट्रिनिडाड एन्ड टोबागोमा आउँदो अगस्ट १८ देखि सेप्टेम्बर १० सम्म आयोजना हुने तय भएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस ।
सन्दीप लामिछाने
लोकप्रिय छुटाउनुभयो कि ?