Logo

प्रिमियर लिग फुटबलमा आज लेष्टर र आर्सनल भिड्ने

न्युजडेस्क
२०७७ असार २३ , मंगलबार ०५:०७ मा प्रकाशित

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा आजबाट ३४ औ चरणका खेल सुरु हुदैछन् । पहिलो दिन आज बिभिन्न ३ खेल हुनेछन् । आज तेस्रो स्थानको लेष्टरले आर्सनलसंग प्रतिस्पर्धा गर्नेछ । आर्सनलको घरेलु मैदानमा हुने खेल नेपाली समयानुसार राति १ बजे सुरु हुनेछ । सातौ स्थानको आर्सनललाई हराउन सके लेष्टर तेस्रो स्थानमा बलियो बन्नेछ । च्याम्पियन्स लिगको होडमा हरेको आर्सनल भने घरेलु मैदानमा जित निकाल्दै वुल्भरहेम्प्टनसंग अंक बराबरी गर्ने योजनामा छ ।
३३ खेलबाट लेष्टरको ५८ र आर्सनलको ४९ अंक छ ।
आजै चेल्सी र क्रिस्टल प्यालेसपनि आमने सामने हुनेछन् । नेपाली समयानुसार राती पौने ११ बजे हुने खेलमा चेल्सी सहज जित निकाल्दै लेष्टरमाथी दबाव बढाउने योजनामा रहनेछ । ५७ अंकमा तालिकाको चौथो स्थानमा रहेको चेल्सीपनि शीर्ष ५ मा रहदै च्याम्पियन्स लिगमा स्थान बनाउन चाहान्छ । क्रिष्टल ४२ अंकमा तालिकाको १४ औ स्थानमा छ । आजै राती वाट्फोर्ड र नर्विचपनि प्रतिस्पर्धा गर्नेछन् । तालिकाको पुछारमा रहेको नर्बिच सो जोनभन्दा एक स्थान मात्र माथी रहेको वाटफोर्टबिरुद्ध जित निकाल्ने योजनामा रहनेछ ।

तपाइको प्रतिक्रिया दिनुहोस ।
लोकप्रिय छुटाउनुभयो कि ?