Logo

मेस्सीले क्लब छाड्ने बार्सा अध्यक्ष जोसेफको स्पष्टोक्ति

कैलाश
२०७७ असार २२ , सोमबार ०३:०७ मा प्रकाशित

एजेन्सी । बार्सिलोनाका अर्जेन्टिनी स्टाईकर लियोनल मेस्सीले यसै सिजन क्लब छाड्ने भएका छन् । बार्साका अध्यक्ष जोसेफ मारिया बोर्टोमेउले मेस्सीले सम्झौताको एक बर्ष अगावै टोली छाड्न लागेको स्पष्ट पारेका हुन् । यसअघि स्पेनी मिडियाले मेस्सीले यसै सिजनबाट टोली छाड्ने उल्लेख गरेका थिए ।
मेस्सीले आफ्नो सम्झौता नविकरण गर्न नचाहेको बताउदै अध्यक्ष जोसेफले आफुहरुले उनको स्वतन्त्रतामा कुनै दबाव नदिएको उल्लेख गरेका छन् । स्पेनी नेटवर्क मुभीस्टारसंगको कुराकानीमा अध्यक्ष जोसेफले उनको चाहानालाई आफुहरुले सधै सम्मान गर्ने जनाएका हुन् । ३३ बर्षिय मेस्सीले पछिल्लो पटक सन् २०१७ मा बार्सिलोनासंग ४ बर्षे सम्झौता गरेका थिए ।
यद्यपी मेस्सीको अबको गन्तब्य कहाँ हुन्छ भन्नेबारे उनले केहि खुलाउन चाहेनन् ।

तपाइको प्रतिक्रिया दिनुहोस ।
मेस्सी
लोकप्रिय छुटाउनुभयो कि ?