Logo

काठमाण्डौ महानगरद्धारा ए डिभिजनका ६ टोलीलाई रकम हस्तान्तरण

न्युजडेस्क
२०७७ असार २२ , सोमबार ०४:०७ मा प्रकाशित

काठमाण्डौ महानगरपालिकाले महानगरभित्रका ए डिभिजन क्लबलाई आज अनुदान रकम हस्तान्तरण गरेको छ । हरेक बर्ष आफ्नो नगरक्षेत्रभित्र रहेका क्लबलाई अनुदान दिदै आएको माहानगरले ६ वटा ए डिभिजन क्लबलाई रकम प्रदान गरेको हो । काठमाण्डौस्थित राष्ट्रिय सभा गृहमा आयोजित एक कार्यक्रमकाबिच महानगरले क्लबहरुलाई १०–१० लाख रुपैयाको अनुदान सहयोग उपलब्ध गराएको हो । बि र सी डिभिजनका क्लबलाई पनि रकम दिदै आएको माहानगरले यो बर्ष भने त्यसलाई स्थगीत गरेको छ । यद्यपी अर्को बर्ष दिने रकममा यो बर्षको रकम पनि थप गरेर दिने महानगरको सामाजिक विकास बिभागले जनाएको छ ।
महानगरले मछिन्द्र, संकटा, हिमालयन शेर्पा, मनाङ मस्र्याङदी, सरस्वती युथ क्लब र न्युरोड टिम एनआरटीलाई रकम प्रदान गरेको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस ।
लोकप्रिय छुटाउनुभयो कि ?