Logo

क्लब छाड्ने मेस्सीको तयारी, बार्सामै बसेको हेर्ने जिदानको चाहाना

कैलाश
२०७७ असार २० , शनिबार ०२:०७ मा प्रकाशित

एजेन्सी । करोडौ फुटबलप्रेमीका ढुकढकी समेत रहेका स्पेनी क्लब बार्सिलोनाका कप्तान लियोनल मेस्सी क्लब छाड्ने तयारीमा पुगेका छन् । ३३ बर्षिय अर्जेन्टिनी स्टाईकरले क्लब छाड्ने चर्चा सुरु भएसंगै उनीप्रति नजर लागाउने टोलीपनि उत्तिकै देखीएका छन् । कुनै क्लबसंग नयाँ सम्झौताको प्रक्रिया अघि नबढेपनि उनले स्पेनी क्लब बार्सिलोना छाड्ने तयारी गरेको स्पेनी मिडिया क्याडेना एसईआरले उल्लेख गरेको छ ।

किर्तिमानी ७ सय अन्तराष्ट्रिय गोल गरिसकेका मेस्सी पछिल्लो समय क्लबबाट निक्कै असन्तुष्ट समेत देखिएका छन् । उनले क्लब छाड्ने तयारी गरेका खबरहरु सार्बजनिक भएपछि ला लिगाको उपाधि नजिक रहेको रियल मड्रिडका प्रशिक्षक जिनेदिन जिदानले कप्तान लियोनल मेस्सीलाई बार्सामै बसेको हेर्ने आफुहरुको चाहाना भएको बताएका छन् ।
पत्रकारहरुसंगको कुराकानीमा उनले भनेका छन–अरु बिषय त मलाई पनि थाहा छैन, अब के हुदैछ भनेर । तर हामी मेस्सी अर्को सिजन पनि बार्सामै रहेको हेर्न चाहान्छौ । यो लिगलाई थप उत्कृष्ट बनाउन चाहान्छौ ।
जारी सिजनको ला लिगामा टोलीलाई उपाधि दिलाउन असफल बन्ने संकेत देखीएसंगै कप्तान मेस्सीको आलोचना पनि सुरु हुन थालेको छ । उनले ला लिगाको समाप्तीसंगै टोलीबाट बिदा लिने मनसाय बनाएको स्पेनी मिडियाले उल्लेख गरेका छन् । ३३ वर्षीय मेस्सीले बार्सिलोनासंग गरेको सम्झौता भने अर्को बर्ष अर्थात सन् २०२१ मा सकिदैछ ।

तपाइको प्रतिक्रिया दिनुहोस ।
मेस्सी
लोकप्रिय छुटाउनुभयो कि ?