Logo

लायन्स क्लब विराटनगर एवनद्वारा सेवामुखी कार्यक्रम सप्पन्न

कैलाश
२०७७ असार १८ , बिहीबार १०:०७ मा प्रकाशित

लायन्स बर्ष २०२०-२१ को पहिलो दिनको पहिलो कार्यक्रम लायन्स डिस्ट्रीक्ट ३२५ ए १ का डिस्ट्रीक्ट गभर्नर टंक श्रेष्ठ ज्युको आव्हान अनुरुपलायन्स क्लब अफ बिराटनगर एवनको आयोजनामा वृक्षारोपण कार्यक्रम आयोजना गरिएको छ। बुढिगङगा गाउपालिका स्थित स्वास्थ्य चौकीको परिशरमा वृक्षरोपण गरिनुको साथै विरुवाहरु स्थानीय वासिन्दाहरुलाई वितरण गरिएको छ। उक्त कार्यक्रम क्लबका संस्थापक अध्यक्ष आर.के. शाही (राष्ट्रप्रेमी) को अध्यक्षता एवं लायन्स क्लब बिराटनगर एक्टिभ अध्यक्ष नारायण पराजुलीको प्रमुख आथित्यता एवं वडाध्यक्ष रेवती नारायण चौधरीको विशेष आथित्यता साथै हेल्थ पोस्टका कर्मचारी , जनप्रतिनिधिहरु क्लबका पदाधिकारी एवं स्थानिय वासिन्दाहरुको उपस्थितिमा सम्पन्न गरिएको छ।उक्त बिरुवा रोपणका साथ साथै हेरचाह एवं संरक्षण पनि गरिने कार्यक्रम संयोजक श्रवन थापा ज्युले वताउनु भयो। त्यसै प्रकार दोश्रो कार्यक्रमको रुपमा महिला जागृति आश्रम , पुष्पलाल चौकमा वृक्षारोपण , विलचेयर वितरण , १०० डलर दान , सरसफाइ सामग्री एवं खाद्यान्न वितरण गरिएको छ।

सो कार्यक्रम लायन्स क्लब अफ विराटनगर एक्टिभको नेतृत्वमा लायन्स क्लब अफ बिराटनगर सिल्भर , लायन्स क्लब अफ विराटनगर एवन एवं लायन्स क्लब अफ बुढिगङा एक्टिभको सन्युक्त आयोजनामा सम्पन्न गरिएको छ। सो कार्यक्रम अध्यक्ष नारायण पराजुलीको अध्यक्षता ,मल्टिपल काउन्सिल चेयरपर्सन राजन खत्रीको प्रमुख आथित्यता एवं प्रथम भाईस डिस्ट्रीक्ट गभर्नर रेवत कार्कीको विशेष आथित्यता एवं लायन्स एवं लियोहरुको सहभागीतामा सम्पन्न भएको छ । साथै उक्त कार्यक्रममा सेवाको भावनाबाट प्रेरित भै लायन्स क्लब विराटनगर एवनका प्रथम उपाध्यक्ष लायन अमित कर्ण एवं सह कोषाध्यक्ष सुमन मङ्ग्रान्तीदुबैले १,०००/१,०००अमेरिकी डलर लायन्स ईन्टरनेशनल फाउन्डेसनमा दान गर्ने घोषणा गर्नु भएको छ। उहाँ दुबैजनालाई MJF को उपाधी द्वारा सम्मान गरिने छ।यस्ता सेवामुखी कार्यक्रम आगामी दिनमा समेत निरन्तर गरिराख्ने लायन्स क्लब अफ बिराटनगर एवनका सचिव कविराज पौडेलले बताउनुभयो।

तपाइको प्रतिक्रिया दिनुहोस ।
लोकप्रिय छुटाउनुभयो कि ?